फ्यानसँग जेनिफरको झडप



हलिउड गायिका जेनिफर लोपेजको एक फ्यानले उनका साथ सेल्फी लिन खोज्दा जेनिफर, अभिनेता बेन एफ्लेक र उक्त फ्यानबीच झडप भएको छ।

जेनिफर र बेनले एकसाथ हालै भेनिस फिल्म फेस्टिभलमा सहभागी भएर त्यहाँको रेड कार्पेटमा धुम मच्चाएका थिए। उक्त अवार्ड कार्यक्रमबाट फर्किने क्रममा एक फ्यान भेनिस एयरपोर्टमा सेल्फी लिने भन्दै निकै नजिक आएपछि उक्त झडप भएको हो। अचानक उक्त फ्यान आएपछि हडबडाएकी जेनिफरलाई देखेर फयानसँग रिसाउँदै बेनले उनलाई धकेल्दै जेनिफरबाट अलग गराएका थिए। यो भिडियो हाल इन्टरनेटमा भाइरल भएको छ।

उनीहरूले अन्तिमपटक सन् २००३ मा सँगै रेड कार्पट सेयर गरेका थिए। सन् २०१७ मा पूर्वपति गार्नरसँग सम्बन्धविच्छेद गरेकी जेनिफरको अभिनेता बेनसँग सम्बन्धको चर्चा बेला बेलामा चलिरहन्छ।

प्रतिक्रिया दिनुहोस्