उत्तर कोरियाद्वारा व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण



प्योंगयांग,(एजेन्सी) ।

उत्तर कोरियाले आफ्नै पुर्वी समुद्र तटिय क्षेत्रमा दुईवटा व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले बुधवार जनाएको छ । यो उत्तर कोरियाले छ महिनाको अवधिमा गरेको पहिलो व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण हो ।

दक्षिण कोरिया र चीनबीच प्योंगयांगलाई पुन निशस्त्रीकरण वार्तामा ल्याउने प्रयासका लागि वार्ता गरेको अवस्थामा संयुक्त राष्ट्र संघका नाकावन्दिलाई उल्लंघन गर्दै उत्तर कोरियाले यो परिक्षण गरेको हो । हालसालै मात्र उत्तर कोरियाले लामो दुरीका क्रुज क्षेप्यास्त्रहरु परिक्षण प्रक्षेपण गरेको थियो ।

ति दुई वटा व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरिनु केहि घन्टा अघि दक्षिण कोरियाले पहिलो पनडुब्बीबाट प्रक्षेपण गरिने व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको थियो । दक्षिणको एसएलबिएम नामक यो क्षेप्यास्त्र परिक्षण उत्तर कोरियालाई जवाफ दिने हिसाबले नभई पुर्व नियोजित कार्यक्रम हो ।

यसरी धमाधम क्षेप्यास्त्रहरु परिक्षण गरिएबाट अत्यन्तै ठूलो आथिक समस्या रहेपनि उत्तर कोरियाले हातहतियार विकासमा भने निरन्तरता दिइनै रहेको प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस्