माधव नेपाल कमरेड होइनन्, जनविरोधी अपराधी हुन् : ओली



?kGb]xL, #) ebf} M cWoIf cf]nLaf6 lhNnf :t/Lo sfo{stf{ e]nf ;Daf]wg g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL a’6jndf a’waf/ ?kGb]xL lhNnf :t/Lo cu’jf sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/M lg/f uf}td÷/f;;

यमलाल भुसाल, बुटवल ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बुख्याचाँ हो की सरकार भनेर प्रश्न गर्नु भएको छ । उहाँले बुख्याचाँले बरु बाली खान आउनेलाई तर्साउँछ, तर यो सरकारले त्यसो पनि गर्न नसेको टिप्पणी गर्नु भयो । नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्तमान सरकार कठपुतली जस्तै भएको समेत आरोप लगाउनु भयो ।

उहाँले पूववर्ती सरकारले ल्याएको लोकप्रिय बजेट विस्थापन गरेर अर्को बजेट ल्याएको सरकारले संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भन्दै आश्चर्य प्रकट गर्नु भयो । ‘खुरुरु दौडेर विधेयक पेश गर्ने अर्थमन्त्रीलाई बजेट पारित नगर्दा खर्च गर्न मिल्दैन भन्ने थाहा नहुने, कस्तो अर्थमन्त्री’ पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले भन्नु भयो –‘अब सरकारले चिया पनि कसरी खान्छ ।’ उहाले भोलिदेखि यो सरकारले बजेट खर्च गर्न नपाउँने बताउँदै सरकार अब बेखर्चि हुने बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारको आलोचना मात्रै गर्नु भएन, उहाँले एमाले विभाजन गर्नु भएका माधव कुमार नेपालको तिव्र आलोचना गर्नु भयो । ओलीले माधव नेपाललाई कामरेड भन्न नमिल्ने बताउनु भयो । उहाँले पार्टीलाई ध्वस्त पार्ने काम माधव नेपालले गरेको दावि गर्नु भयो । ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड, उहाँ कामरेड होईन, हुनुहुन्न, उहाँ एमाले विरोधी, जनविरोधी अपराधी भएको जिकिर गर्नु भयोे ।

उहाँले माधव नेपालले सधै पार्टी नेतृत्व र सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाउनु भयो । अध्यक्ष ओलाले माधव नेपाललाई संकेत गर्दै भन्नु भयोे –‘मौरीको साथ लगाएर जादा बगैंचामा पुगिन्छ, झिगाँको साथ लागेर जानुभयो भने फोहोरको डगुरमा पुगिन्छ ।’

ओलीले प्रचण्डलाई उल्क्याउने भने माधव नेपाल नै भएको बताउनु भयो । ‘प्रचण्डलाई उल्क्याउने माधव नेपाल नै हुन, यसपटक सकिन्न कि सकिन्न भन्दै गर्दा खुट्टा कमाउने होईन भन्दै दरो पार्न खोज्दै धकेल्दै प्रचण्डलाई त्यहाँ पु-याउने माधव नेपाल भएको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिर्नु भयो् । उपमहासचिव पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताउदै माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्ड भएको टिप्पणी गर्नु भयो ।

पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ । ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलले भन्नुभयो ‘तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन नभएको औल्याउनु भयो । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताउनुभयो ।

उहाँले पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको दावि गर्नु भयो । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गर्नु भयोे ।

उहाँले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको औल्याउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले एमाले विरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको बताउनु भयो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै उहाँले त्यसलाई एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्