पुर्व राष्ट्रपतिको शव चिहानबाट निकाल्न आदेश



हरारे,(एजेन्सी) ।

जिम्वावे स्थित एक अदालतले पुर्व राष्ट्रपति रोवर्ट मुगावेको पार्थिव शरिर चिहानबाट निकाल्न सकिने निर्णय दिएको छ । एकजना परम्परागत नेताले मुगावेको अन्त्येष्टिले साास्कृतिक मान्याताहरु उल्लंघन गरेको आरोप लगाएपछि अदालतले सो सहमति जनाएको हो ।

लामो समय सम्म उनी जिम्वावेको सत्तामा रहेका थिए । सत्ताबाट अपदस्थ गरिएको दुई वर्ष पछि अर्थात सन् २०१९ मा उनको निधन भएको थियो । पन्चानब्बे वर्षको उमेरमा मृत्यु भएका मुगावेको शव उनको पारिवारिक फार्म हाउसको आागनमा समाधिष्ठ गरिएको थियो ।

तर गत मे महिनामा इकजना परम्परागत नेताले उनको अन्त्येष्टिमा स्थानिय संस्कार तोडिएको भनद ैअदालतमा उजुरी गरेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । स्थानिय सोना भाषामा निर्णय सुनाउँदै अदालतले कुतामामा गाडिएको मुगावेको शव निकालेर राजधानी हारारे स्थित नेसनल हिरोज एकरमा समाथिष्ठ गर्न सकिने जनाएको छ ।

मुगावेको परिवारले अदालतको निर्णयलाई चुनौति दिएको थियो । तर अदालतले सो चुनौति दर्खास्त गरेको छ । सो परिवारले यस निर्णय विरुद्ध उच्च अदालतमा अपिल गर्न सक्ने विविसिका पत्रकार सिन्गाइले बताएका छन् । जिम्मेवावेले स्वाधिनता हासिल गरेयता सन् १९८० देखि २०१७ सम्म मुगावेले मुलुकको नेतृत्व सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्