दीपकले गरे मायाको जोड घटाउ



एक जमानाका लोकप्रिय निर्देशक तथा सञ्चारकर्मी दीपक श्रेष्ठको निर्देशनमा एउटा लोभलाग्दो म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक–गायिकाहरू मञ्जिल श्रेष्ठ र स्मिता दाहालको स्वर रहेको गीत जोड घटाउमाथि निर्देशक श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको शब्द रहेको गीतमा भीम बिसीको संगीत रहेको छ।

आकर्षक लोकेसनमा खिचिएको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ। मायाको जोड घटाउको चर्चा गरिएको गीतको म्युजिक भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सिम्पल खरेलले अभिनय गरेका छन्। म्युजिक भिडियोको कोरियोग्राफी शिशिर खातीले गरेका छन्। भिडियोमा शंकर भुजेलको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्