खोटाङमा एक/एक थान भरुवा बन्दुक सहित दुई पक्राउ



रामधन राई, खोटाङ ।

खोटाङमा अवैैध रुपमा राखिएकोएक÷एक थान भरुवा बन्दुक सहित दुई व्यक्ति पक्राउ परेका छन् । बन्दुक लुकाई–छिपाई राखेको गोप्य सूचनाका आधारमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४९ बर्षीय दिलशेर राई र सोही ठाउँका ५५ बर्षीय खड्गसिंह राईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार खानतलासी गर्दा दिलशेरको गोठ तथा खड्गसिंहको घरमा बन्दुक फेला पारेपछि दुई जनालाई नै पक्राउ गरिएको प्रहरी निरीषक सागर साहले जनाउनुभयो । पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीषक साहले उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले अबैध हतियारमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत अबैध हतियार संकलन तथा कार्वाहीलाई तीब्रता दिएको छ । जिल्लामा गत जेठदेखि यता मात्रै भरुवा बन्दुक तथा बन्यजन्तुको अंगसहित ११ जना दोषी कानुनी कार्वाहीको दायरामा आएका छन् । गत जेठदेखि हालसम्म २८ थान अबैध भरुवा बन्दुक संकलन भएको छ । जसमध्ये १७ नाल बन्दुक भने स्थानीयले स्वबिबेकले प्रशासन समक्ष बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्