छ्याङ्कुटी–दिदिङ सडकखण्ड सञ्चालन



किमाथाङ्का ।

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल छ्याङ्कुटी–दिदिङ सडकखण्ड सञ्चालनमा आएको छ । अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडकखण्डको पहिरो हटाइएपछि आज दिउँसोबाट पुनः सडक सञ्चालनमा आएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

बिहीबार राति छ्याङ्कुटी–दिदिङअन्तर्गतको चिचिला गाउँपालिकाको दिदिङका विभिन्न स्थानमा खसेको पहिराका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

पहिराले अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवा र चिचिला गाउँपालिका जाने सडकखण्ड बिहीबार रातिबाट अवरुद्ध भएको थियो । छ्याङ्कुटी–दिदिङ सडकखण्ड सञ्चालनपछि बीच बाटामा रोकिएका सवारी गन्तव्यतर्फ लागेको प्रजिअ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्