नेकपा (एस)खोटाङको कार्यालय उद्घाटन : ‘अग्रगामी पार्टीबीच कार्यगत एकता !’



रामधन राई, खोटाङ ।

खोटाङमा बिचार मिल्ने तथा अग्रगामी चरित्रका राजनीतिक पार्टीबीच कार्यगत एकता गर्नुपर्ने धारणा राखिएको छ । केपी ओली नेतृत्वको एमालेबाट बैचारिक बिद्रोह गरी गठित नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय उद्घाटनमा सहभागी दलका नेताहरुले यस्तो धारणा राखेका हुन् ।

दिक्तेलबजारको पुरानो बेशक्याम्पमा स्थापना गरिएको कार्यालय उद्घाटनका क्रममा पुर्व सांसद एबं नेकपा मालेका पोलिटव्यूरो सदस्य कुलप्रसाद फुयाँल लगायत सत्ता गठबन्धन दलका नेताहरुले अबको आवश्यक्ता कार्यगत एकता भएको औंल्याएका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश कमिटि सचिव सुर्यवहादुर राई, नेपाली कांग्रेसका जिल्ला सदस्य डिल्लीकुमारी आचार्य लगायतले शुभकामना सहितको मन्तब्य दिनुभएको थियो ।

यस्तै, नेकपा माओवादी केन्द्रका दिक्तेल नगर कमिटि अध्यक्ष विसन राई, नेकपा माले जिल्ला कमिटि सचिवालय सदस्य झुलेन्द्र बिक लगायतले पार्टी कार्यालय उद्घाटनमा बोल्नुभएको थियो । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश समन्वय समितिका संयोजक बिरवलकाजी राई, जिल्ला अध्यक्ष बबी चाम्लिङ लगायतले संयुक्त रुपमा पार्टीको बोर्ड झुण्ड्याएर कार्यालय उद्घाटन गरिएको हो ।

अध्यक्ष चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कमिटिका सचिवालय सदस्य एबं युवा तथा खेलकुद विभाग प्रमुख माईतीराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष यादवसेन राईले पार्टीकोतर्फबाट धारणा राखेका थिए ।
नेकपा एमाले जिल्ला कमिटिको २०७२ साल बैशाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौं अधिबेसनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष बबी चाम्लिङ सहित २३ सदस्य नेपाल कम्यूनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आवद्द भएको सो पार्टीका जिल्ला सचिव जलसेर राईले बताउनुभयो ।

एमालेभित्रको प्रबृतिगत तथा बैचारिक मतभेद भएसँगै दर्ता गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)मा ६१ सदस्यीय जिल्ला कमिटि बनाउने तयारी गरिएको जनाइएको छ । जिल्ला कमिटिमा ४० प्रतिशत युवाको सहभागीता रहने सचिव राईको भनाई छ ।

जवजको उपलव्धीलाई आत्मसाथ गर्दै वैज्ञानिक समाजवाद उन्मुख मार्गदर्शनलाई अलवम्वन गर्ने नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ । कार्यालय उद्घाटन लगत्तै जिल्ला कार्य समितिको बैठक बसेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्