ऋचाले ‘कमेडी च्याम्पियन-२’ बाट लिइन् विश्राम



काठमाडौँ ।

चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट निर्णायक अभिनेत्री ऋचा शर्माले विश्राम लिएकी छिन् ।

गर्भवती भएका कारण ऋचा प्रतियोगिताको फाइनल दिनमा अनुपस्थित हुने भएकी हुन् । डाक्टरको सल्लाह अनुसार आमा बन्ने मिति नजिकिँदै जाँदा स्वास्थ्यको ख्याल राख्नु पर्ने भएकोले उनी फाइनलमा अनुपस्थित नहुने बताएकी छन् ।

ऋचाले बिदा लिएपछि अब फाइनल शोमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराईले मात्र निर्णायकको भूमिका निभाउनेछन् । आगामी असोज २ गते हुँदै गरेको फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्