रिहाना सर्वाधिक धनी



चर्चित गायिका एवं अभिनेत्री रिहाना संसारको सबैभन्दा धनी संगीतकर्मी बनेकी छिन्।

फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सूचीअनुसार ३३ वर्षकी रिहानासँग हाल १ दशमलव ७ बिलियन डलर अर्थात् दुई खर्ब, तीन अर्ब, ७९ करोड, ३२ लाख ३० हजार रुपियाँ बराबरको सम्पत्ति रहेको छ। यससँगै रिहाना ओप्रा विन्फ्रेपछिको दोस्रो सबैभन्दा धनी मनोरञ्जनकर्ता बनेकी छिन्।

समाचारअनुसार रिहानाको कमाइ गीत संगीतको अलावा उनले सञ्चालन गर्दै आएको फेन्टी ब्युटी कस्मेटिक कम्पनी र सेवेज एक्स फेन्टी लन्जरीबाट समेत हुने गर्छ। रिहानाको फेसन ब्रान्ड फेन्टी फेसन हाउस मुख्यतया कस्मेटिक तथा छालाको हेरचारका सामानमा आधारित छ। सन् २०१७ देखि कस्मेटिक कम्पनी सञ्चालन गरिरहेकी रिहाना सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी ट्विटरमा सबैभन्दा बढी फलो गरिएका सेलिब्रेटीको चौथो नम्बरमा छिन्। उनले हलिउडका केही फिल्ममा समेत अभिनय गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्