खोटाङमा नेपाल मास्क अभियान सुरु



रामधन राई, खोटाङ ।

खोटाङमा बजार क्षेत्रका घर–घरमा सचेतना फैलाउँदै पनि नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्व तथा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले सुरु गरेको अभियानमा जिल्लाका सरोकारवालाहरु सरिक भएका हुन् ।

अभियान अन्र्तगत आईतबार जिल्लाका प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारका सर्वसाधारण लगायतलाई मास्क वितरण गर्दै जनचेतना विस्तार गर्न सुरु गरिएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, रेडक्रस, स्थानीय तह, नागरिक समाज लगायतका सहभागिता थियो ।

अभियानमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था, अधिकारकर्मी, पत्रकारको समेत सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालयका पमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको सन्दर्भमा सचेतना बिस्तारलाई जोड दिईएको छ । अभियान अन्र्तगत जनस्तरमा मास्कको सही प्रयोग भए–नभएको अनुगमन समेत गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्