काठमाडौं ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ठूलो रकमसहित एक कर्मचारीलाई पक्राउ गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारीअनुसार, नगरपालिकाभित्र घुस लेनदेन भइरहेको सूचनापछि अख्तियारको टोलीले छानबिन तथा कारबाहीका लागि छापा मारेको हो।
पक्राउ परेका कर्मचारीको नाम, पद, घुसबापत बरामद भएको रकमको यकिन विवरण र घुस लेनदेनको प्रयोजनबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन।











प्रतिक्रिया