गाईजात्रालाई खै के–खै के



अगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्यकलाकार तथा गायक गोपाल तिमल्सिनाले गाईजात्रे प्रस्तुति खै के खै के ल्याएका छन्।

गाईजात्रे प्रस्तुतिमा विकाश कार्की, राजकुमार श्रेष्ठ र राम तिमल्सिनाले अभिनय गरेका छन्। प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिमल्सिनाको रहेको छ। देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै खै के खै के ल्याएको गोपालले बताए। मुख्यरूपमा समाजको विकृति र विसंगतिलाई समेटिएको उनले बताए।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ। हास्यकलाकारका लागि गाईजात्रा एउटा महान् उत्सव भएकोले लामो समयदेखि गाईजात्रे कोसेली ल्याउने गरेको गोपालले बताए।

प्रतिक्रिया दिनुहोस्