हरितालिकालाई घरबारी



हरितालिका तिज नजिकिएसँगै तीजका सार्वजनिक हुने क्रम बढेको छ। यसैबीच, गायिका शान्ता जिसीको स्वर रहेको नयाँ गीत घरबारीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

प्रेम सापकोटा सोनु र शान्ता जिसीको स्वर रहेको गीतमा प्रेम सापकोटाको शब्द रचना र संगीत रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो राजेश घिमिरेले खिचेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन्। भिडियोमा रामजी खाँड र अनु पराजुलीलगायतका कलाकारले अभिनय गरेका छन्। म्युजिक भिडियो शान्ता जिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्