चितवनमा मेरो एक टुक्रा नि जग्गा छैन : केसी



चितवनको माडीस्थित आफ्नो नाममा रहेको भनिएको ४० बिघा जग्गा मोहन वैद्य किरण निकट नेकपा (क्रान्तिकारी) ले कब्जा गरेको भन्ने समाचारको अभिनेता किरण केसीले खण्डन गरको छन्।

‘मेरो नाममा हुँदै नभएको जग्गा कब्जा भनेर समाचार आएपछि म आफैं अचम्ममा परेको छु। मेरो नाममा चितवनमा एक टुक्रा पनि जग्गा छैन। ट्वान्टी वन प्रोपर्टी ग्रुपले जग्गा लिनका लागि बैना गरेको भन्ने सुनेको थिएँ, म ग्रुपको ब्रान्ड एम्बेस्डर मात्र हुँ। ग्रुपका साथ बेला—बेलामा चितवन जाने भएकाले र मलाई चिन्ने भएकाले राता मकैको जग्गा होला भनेर अन्दाजमा भनिएको होला’ केसीले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने ‘तर त्यो जग्गा मेरो होइन।’

प्रतिक्रिया दिनुहोस्