पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ पक्राउ



काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाईन्युनिकरणगर्नसादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिचोरीमा संलग्न गिरोहलाई बिशेष निग्रानी गर्न, सुचना संकलनगर्न रत्यस्ता व्यक्तिहरुलाईपक्राउ गर्नबिशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताउनु भयो ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तरसुचना संकलन र निग्रानीपश्चात हिजो साँझ पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने रखोजतलास गर्ने कार्य भईरहेको उहाँले बताउनु भयो ।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ सालमा हराएको उक्त मोटरसाईकल सहितरामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु पक्राउ परेका हुन । बास्तबिक नं बा९७प १३०५ भएको कालो, रातो रङको १५० सी।सीको उक्त पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि बा९५प ४१६८ भएको अबस्थामाट्राफिक टोलीले पक्राउ गरेको महाशाखालेजनाएकोछ ।

ट्राफिक प्रहरीले थप अनुसन्धानगरिपशुपति क्षेत्रबाट हराएकोकिर्तिपुर बस्ने प्रशान्त रावलको बा९६प ८८३६ नंको कालो एनएस पल्सरको बास्तबिक नम्बर परिबर्तन गरि बा९१प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाईकल सहित तिनै जनालाई थप अनुसन्धान एव कानूनी कार्बाहीको लागी प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्