पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना


काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

त्यस्तै, बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।