फेरिँदै समाज : ३ छोरीले गरे बावुको काजकिरिया



गोरखा।

गोरखा नगरपालिका वडा नं ४ पन्थेस्वारामा ३ जना छोरीले आफ्नो बावुको काजकिरिया गरेका छन । गत साउन ८ गते टोपमान सिर्मलको मृत्यु भए पछि उनका ३ छोरीहरु अन्जु, अन्जली र अन्जना सिर्मलले काजकिरियाकाका कर्म गरेका हुन । उनीहरुका आमा किरण सिर्मलले २०७१ साउन ३ गते पहिरोमा परेर ज्यान गुमाएकी थिइन ।

अहिले बावुको पनि मृत्यु भए पछि उनीहरु सहारा बिहीन बनेका छन । आमाबावु दुवै गुमाएका उनीहरुको आर्थिक अवस्था पनि कमजोर रहेकोले आगामी दिनमा जीवन गुजारा र पढाई थप कष्टकर भएको स्थानीयहरुको भनाई छ । जेठी अन्जु स्नातक ,माइली अन्जुली कक्षा ११ र कान्छी अन्जना सिर्मल कक्षा १० पढ्छिन ।

त्यस्तै, गोरखाको देउरालीको पुरनडिहीमा आमा इन्दिरादेवी नरालको मृत्यु भए पछि छोरीहरु अर्चना, अर्पणले कपालमुण्डन गरेर र कान्छी छोरी आशिकाले कपालमुण्डन नगरी आमाको काजकिरिया गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्