स्व. चन्द्रमाया वाग्लेको स्मृतिमा अक्षयकोष स्थापना



न्युज अफ नेपाल, कास्की ।

पोखरा-१, भिमकाली पाटन स्थित संस्कृत माध्यमिक विद्यालयमा अक्षयक़ोष स्थापना गरिएको छ ।

लायन्स क्लब अफ पोखरा पिस टाउनको संयोजनमा स्व। चन्द्रमाया वाग्लेको स्मृतिमा उहाँका अमेरिका निवासी छोराबुहारी अनिल र विन्दु वाग्लेले २५ हज़ार ५सय ५१ रूपैया बराबरको अक्षयक़ोष स्थापना गरेका हुन । सो अवसरमा विद्यालयमा अध्ययनरत बटुकहरुलाई सामूहिक भोजन ग्रहण गराईएको कार्यक्रमका संयोजक एवं क्लबका पूर्व अध्यक्ष सबिता बरालले बताउनु भयो ।

शुक्रवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा लायन्स डिष्ट्रिक्टका एसिडेन्ट चिफ एडभाईजर हरिराज पन्त, क्लबका रिजन चेयरपर्सन अमृत बराल, क्लबका जोन चेयरपर्सन एवं क्लबका निवर्तमान अध्यक्ष सरला तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीलाल श्रेष्ठ, गुरुकुलका संयोजक बिष्णु अधिकारी लगाएतले स्व. चन्द्रमाया वाग्लेको स्मृतिमा उहाँका छोराबुहारीले गरेको अनुकरणीय कामले समाजलाई सामर्थ्यवान बनाउन सहयोग पुग्ने बताउनु भएको थियो । आमाले देखाएको बाटोमा हिड्न, समाजमा सत्कर्ममा लाग्न वाग्ले परिवारको सहयोगले प्रेरणा मिल्ने धारणा व्यक्त भएको थियो ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष शोभा अधिकारीको अध्यक्षतामा सम्पन्न क्लबका सचिव क्रान्ति अधिकारी पौडेल, कोषाध्यक्ष हिममाया भण्डारी, सहसचिव केसीमाया, लक्ष्मी शर्मा, मिना थापा, प्रिया थापा, माया तिवारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्