कुन्द्रामाथि सर्लिनको अर्को आरोप



बलिउड नायिका सर्लिन चोपडाले पोर्नाेग्राफीको अभियोगमा पक्राउ परेका राज कुन्द्राविरुद्व गहिरो आरोप लगाएकी छिन्।

नवभारत टाइम्सको अनलाइन संस्करणमा जनाइएअनुसार सर्लिनले अभिनेत्री शिल्पा सेट्ठीका पति कुन्द्राले आफूलाई जर्बजस्ती चुम्बन गरेको आरोप लगाएकी छिन्। सर्लिन यसअघि पनि बोल्ड अभिव्यक्ति दिएर चर्चामा रहँदै आएकी छिन्। सर्लिन बलिउडको त्यो अभिनेत्री हुन्, जो आप्mनो अभिनयभन्दा बढी विवादास्पद गतिविधि र अभिव्यक्तिबाट चर्चामा रहने गर्दछिन्। उनले राज कुन्द्राले उनको घरमै आएर जर्बजस्ती चुम्बन गरेका बताएकी छिन्। उनका अनुसार राजले उनी र शिल्पाबीच राम्रो सम्बन्ध नरहेको समेत बताएका थिए। सर्लिनले हालै मात्र इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेकी छिन्।

‘पछिल्ला केही दिनयता कतिपय पत्रकारले मलाई कल, वाट्सएप, इमेल गरेर यसबारे केही बोल्न आग्रह गरिरहेका थिए। तपाईंहरूलाई जानकारी गराऊँ कि जसले महाराष्ट्र साइबरलाई सबैभन्दा पहिला यसबारेमा बयान दियो, त्यो अरू कोही नभएर म नै हुँ’ भिडियोमा उनले भनेकी छिन्। सर्लिनले कुन्द्रालाई आरोप लगाएकी थिइन् कि एडल्ट फिल्म इन्डस्ट्री कुन्द्राको अहम भूमिका छ। बताइएअनुसार सर्लिनले कुन्द्राको थुप्रै प्रोजेक्टमा काम गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्