कदमको छायाँले नयाँ भर्सनमा



गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीको गीत कदमको छायाँले नयाँ भर्सनमा सार्वजनिक भएको छ।

कदमको छायाँले आमाको मायाले बोलको तीज विशेष गीत करिब २० वर्ष अगाडि रेकर्ड भएको थियो भने हाल नयाँ भर्सनमा तयार पारिएको हो। गीत नयाँ एरेन्जमेन्ट गरी म्युजिक भिडियोसहित रिमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो।

पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए। लय पुरानै भए पनि शब्द र भिडियोमा देखिने कलाकारहरू समय सापेक्ष बनाइएको छ। पुनर्ताजगी गरिएको गीतमा सुनीता बुढा छेत्रीले स्वर दिएकी छिन्। यसमा शब्द, संगीत रायमाझी स्वयंकै छ भने यसको म्युजिक भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको छायांकन तथा मिराज अर्यालको सम्पादन रहेको छ। म्युजिक भिडियोको निर्देशन नारायण रायमाझीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्