खोटाङमा ९५ प्रतिशत बढी रोपाइँ



रामधन राई, खोटाङ ।

खोटाङमा ९५ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको १२ हजार २ सय ९३ हेक्टरभन्दा बढी क्षेत्रफलको खेतमा रोपाइँ सकिएको हो । समयमै पर्याप्त वर्षा भएका कारण छिट्टो रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।

जिल्लाका उच्च भू–भागमा रोपाई सम्पन्न भइसकेको छ । बेंसी क्षेत्रका केही खेतहरुमा मात्र हाल रोपाइँ भइरहेको कृषि प्रसार अधिकृत पण्डितको भनाइ छ ।कोरोना महामारीका बीचमा पनि किसान धान रोपाइँमा व्यस्त बनेका छन् । कुल १४ हजार १ सय ५९ हेक्टर खेत भए पनि १२ हजार ८ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।

सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्