राइफल कम्पनीले गोलीकाण्डका पीडितलाई क्षतिपूर्ति दिने



वासिङ्टन, (एजेन्सी) । 

अमेरिकाको एउटा विद्यालयमा भएको अत्यन्तै भयावह गोलीकाण्डमा प्रयोग भएको एउटा राइफल कम्पनीले सो काण्डमा मारिएका व्यक्तिका पीडित परिवारलाई क्षतिपूर्तिस्वरूप तीन करोड ३० लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय गरेको छ । सन् २०१२ को स्यान्डी हुक आमहत्याकाण्डमा प्रयोग भएको रेमिंगेटन राइफल निर्माण कम्पनीले यो प्रस्ताव अघि सारेको हो । यो अमेरिकाकै सबैभन्दा पुराना बन्दुक निर्माण कम्पनी हो । यस कम्पनी टाट पल्टेको सम्बन्धमा अदालतमा सुनुवाइ हुँदा क्षतिपूर्तिको प्रसंग बाहिरिएको हो । सो गोलीकाण्डमा मारिएका २६ जनाका सम्बन्धित नौ परिवारले दायर गरेको मुद्दालाई पनि सम्बोधन गर्दै कम्पनीले यो निर्णय गरेको हो ।

यस हिसाबले प्रत्येक परिवारले क्षतिपूर्तिवापत ३६ लाख ६० हजार डलर पाउनेछन् । रेमिंगटनको टाट पल्टेको मुद्दा हेरिरहेका अलावामाका न्यायाधीशले यसका लागि अनुमोदन गरेका छन् । गत फेब्रुअरीमा पीडित परिवारले अदालतमा प्रतिमृतकका नाममा २२ करोड ५० लाख डलर क्षतिपूर्तिमा सहमति हुनसक्ने बताएका थिए । यस सम्बन्धमा सन् २०१४ मा मुद्दा दायर भएको थियो ।

पीडित परिवारका वकिल जोस कोस्कोफले क्षतिपूर्ति रकम प्रस्तावमाथि सम्बन्धित परिवारले थप विचार गर्ने जानकारी दिएका छन् । गोलीकाण्डमा २० जना विद्यार्थी र ६ जना शिक्षक–शिक्षिका मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्