अलास्कामा ८.२ रिक्टर स्केलको भूकम्प,सुनामीको चेतावनी



पेर्रिभिल्ले,(एजेन्सी) ।

अमेरिकाको अलास्कामा आएको ८ दशमलव २ रिक्टर स्केलको शक्रिशाली भूकम्पपछि त्यहाँका विविभिन्न स्थानमा सामुद्रीक आँधि सुनामी आउन सक्ने चेतावनी सहितको सुचना जारी गरिएको छ ।

अमेरिकी भौगौर्भिक सर्भेक्षणका अनुसार स्थानिय समय अनुसार बुधवार बेलुका करिव ८ बजेर १५ मिनेट जाँदा अलास्काको पेर्रिभिल्लेदेखि ९१ किलोमिटर दक्षिणपुर्वी भागमा सो परिमाण्को भूकम्प गएको जनाएको छ । सो सर्भेक्षण अनुसार यसको केन्द्रविन्दु समुद्र सतह देखि करिव ४६ किमि गहिराईमा रहेको छ ।

सोहि क्षेत्रमा त्यसअघि आधा घन्टा भित्र क्रमशः ६ दशमलव २ र ५ दशमलव ६ रिक्टर स्केलका दुईवटा भूकम्प गएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्