हुनेवाला पति त्यागिन् एमीले !



बलिउड अभिनेत्री एमी ज्याक्सन बेला–बेलामा आफ्नो हट तस्वीरका कारण चर्चामा आइरहन्छिन् । तर यतिबेला आफ्नो हुनेवाला पतिका साथको सम्बन्धका कारण चर्चाको विषय बनिरहेकी छिन्।

सन् २०१९ मा प्रेमी जर्ज पानायिटुका साथ इन्गेजमेन्ट गरेकी एमीले हालै जर्जका साथ इन्गेजमेन्टसहितको सबै तस्वीर सामाजिक सञ्जालबाट एक्कासि हटाएपछि उनको ब्रेकअप भएको चर्चा सामाजिक सञ्जालमा चल्न थालेको छ।

विवाह अगाडि नै आमा बनेका बलिउड सुन्दरीहरूको लिस्टमा परेकी एमी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन्।

बेला–बेलामा आफ्ना प्रेमीका साथ सेयर गरेको फोटोले पनि उनको फ्यानबीच चर्चा चलिरहने गर्थ्यो। हिजो आज भने एमी सामाजिक सञ्जालमा आफ्नो छोराको साथ देखिन थालेकी छिन् भने पछिल्लो समय उनले जर्जका साथ कुनै पनि फोटो हालेकी छैनन्।

आधिकारिक रूपमा एमीले आफ्नो र जर्जको सम्बन्धबारे मुख नखोले पनि उनको क्रियाकलापका कारण मानिसहरूले उनीहरूको जोडी छुटेको अड्कल लगाएका छन् । एमी र जर्ज सन २०१५ देखि प्रेम सम्बन्धमा रहेका थिए भने सन् २०१९ मा उनीहरूको इन्गेजमेन्ट भएको थियो। जसको तीन महिनापछि नै एमीले आफू गर्भवती रहेको खुलासा गरेकी थिइन् भने सन् २०१९ मा नै छोरालाई जन्म दिएकी थिइन्।

विवाह नहुँदै जर्जसँगको सम्बन्धमा रहेर आमा बनेकी एमी र जर्जको प्रेम सम्बन्धमा समस्या आएको अहिले चर्चा छ।

प्रतिक्रिया दिनुहोस्