प्रेमध्वजको ती आँखामा कभर सङ स्पर्धा



मखमली स्वरकाधनी गायक स्व. प्रेमध्वज प्रधानको गीत ती आँखामाको कभर गायन प्रतियोगिता चलिरहेको छ। प्रेमध्वजप्रति समर्पण गर्दै यो प्रतियोगिता आयोजना गरिएको आयोजक एसियन म्युजिकले जनाएको छ।

कभर सङका लागि एक सय ७३ जनाले भिडियो पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी प्रतियोगी चयन भएका छन्। गायन भिडियोबाट निर्णयक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एसियन म्युजिकका अध्यक्ष ईश्वर गुरुङले जानकारी गराए।

प्रतियोगिताका लागि चयन भएका ११ जोडी गायक गायिकामा सुमित श्रेष्ठ र युनिशा शेर्पा देशार, उमेश राउत र सिर्जन गुरागाईं, सविन महर्जन र आयुष्मा महर्जन, सन्दीप केसी र कुमारी बिसी, मनिक शाही र सरिता शाही, सरल महर्जन र प्रिजामिश्र, राजीव युगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगावीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी, सुरज शाही र अस्मिता राई, सुरज मानन्धर र सरस्वती मानन्धर रहेका छन् ।

प्रतियोगिताको परिणाम आगामी साउन २१ मा घोषणा गरिने आयोजकले जनाएका छन्। यो कभर गायनप्रति योगिताका विजेताले जोडीलाई एसियन म्युजिकले एउटा गीत गाउने अवसर दिनेछ । गीतको म्युजिक भिडियो तयार गरेर एसियन म्युजिककै युट्युब च्यानलबाट रिलिज गरिने भएको छ।

डब्बु क्षत्रीको रचना र जुगल डंगोलको संगीतमातयार भएको गीत पाँच वर्ष अघि सार्वजनिक गरिएको थियो। गीत प्रेमध्वजका साथमा केन्जुमा सुब्बाले गाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्