प्रहरीलाई नागरिकमुखी बनाइने



????????????????????????????????????

ललितपुर, (नेस) ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरीलाई नागरिकमुखी प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभएको छ ।

परिसरले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । गत मंसिरको पहिलो सातादेखि परिसरको प्रमुखको रूपमा बज्राचार्यले काम गर्न थाल्नुभएको थियो । नागरिक मैत्री प्रशासन बनाउन प्रहरी कार्यालयमा कहिले नआएका गृहिणी महिला, पछाडिपरेका समूहको सहज पहुँच स्थापित गर्ने आफ्नो ध्येय रहेको प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

उहाँले महिलाहरूलाई परिसरमा बोलाएर छलफल गर्ने, समस्या सुन्ने विविध गतिविधि सञ्चालन गरेको जानकारी दिँदै सो कार्यले प्रहरीप्रति अपनत्वभाव विकसित भएको धारणा व्यक्त गर्नुभयो । कोरोना संक्रमणको बेला रातो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा सुरक्षा व्यवस्थापन मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले गुठीयार, स्थानीय, सरोकारवाला सबैको साथ, सहयोग र समन्वयले सो काम सहजरूपमै सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा कोरोनाको समयमा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री र अन्य आवश्यक सामग्री उपलब्ध गराउने ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ, अरनिको समाज, पञ्चकन्या गु्रपलगायत विविध संघसंस्थाका प्रतिनिधिहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्