कीर्तिशेषका परिवारजनप्रति समवेदना प्रकट



काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले वरिष्ठ चित्रकलाकार एवम् कवि नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का पूर्व सदस्य तथा आजीवन सदस्य कीर्तिशेष उत्तम नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुका साथै कीर्तिशेष नेपालीका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्राज्ञ परिषद्का पदाधिकारीसहित मंगलबार नेपाली निवास महाराजगञ्ज पुगी कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका तर्फबाट श्रद्धाञ्जलि तथा समवेदना प्रकट गर्नुभएको हो ।

कुलपतिले नेपाली साहित्यको कविता तथा कलाको उन्नयनमा नेपालीले दिनुभएको विशिष्ट योगदानको स्मरण गर्दै उहाँको निधनले नेपाली कवितासाहित्य र ललितकलाका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । कुलपतिले समवेदना–पत्र नेपालीका पुत्रमार्फत नेपालीकी धर्मपत्नी श्रीमती मन्दिरा कर्माचार्यलाई अर्पण गर्नुभएको थियो । समवेदना–पत्र सदस्य सचिव जगत्प्रसाद उपाध्यायाले वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्