टोकला मसला चिया अब नयाँ प्याकमा



काठमाडौं, (नेस)  । 

नेपाल चिया विकास निगमले हालै बजारमा नयाँ प्याकमा टोकला मसला चियाको बिक्री वितरण शुरु गरेको छ ।

निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवम् उत्कृष्ट चिया र असली मसलाको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवद्र्धक रहेको कम्पनीले जनाएको छ ।

नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि हितकारी मसलाको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्