उषाले घात गर्दा



पूर्वमिस नेपालउषा खड्गी लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छिन् ।

खड्ग भट्टराईको शब्द र लोकप्रिय गायक विश्व नेपालीको स्वरमा रहेको गीत घात गर्दाको म्युजिक भिडियोमा उषा खड्गीको साथमा रामहरी खड्काको मुख्य अभिनय रहेको छ। निरोज लामाको संगीत रहेको गीतको म्युजिक भिडियोमा उषा र रामहरीलाई अभिनयमा आरुष केसी र दीपिशा कोइरालाले साथ दिएका छन्। म्युजिक भिडियोमा अहिलेको नेपाली समाजको यथार्थ अवस्थालाई चित्रण गरिएको छ।

नेपाली म्युजिक भिडियो क्षेत्रका चर्चित युवा निर्देशक नितिन चन्दको निर्देशनमा बनेको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्