सिरिजमा दिल चुप छ



प्रेम र रोमान्समा आधारित सिरिज दिलचुप छ रिलिजमा आएको छ।

सिरिज हरेक शनिबार साँझ साढे ७ बजे बीएमएचडी टेलिभिजनबाट प्रसारणमा आएको हो। सिरिज बुढासुब्बा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ।

सिरिजमा वैवाहिक जीवनका आरोह—अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिति तथा पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । सिरिजमा दिनेश न्यौपानेको लेखन, मदनकश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत र श्रीकृष्ण श्रेष्ठको रंग संयोजन छ।

नवराज गिरी र सरस्वती गिरीले निर्माण गरेको सिरिज नवल नेपालको निर्देशन रहेको छ। सिरिजमा सरोज खनाल, सूर्यमा लाखनाल, यशराज गराच, रिश्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल, प्रकाश श्रेष्ठ, बालकलाकार प्रिन्सी खड्का प्रतीक गिरी, शिक्षा संग्रौला र सक्षम पुरीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्