संयुक्त अरब इमिरेट्समा कृत्रिम वर्षा गराइँदै



दुबई, (एजेन्सी) ।

दुबईको तापक्रम दैनिक एक सय १५ डिग्री फरेनहाइट नाघ्न थालेपछि सरकार आफैंले गर्मी मौसम नियन्त्रण गर्ने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्सका वैज्ञानिकहरूले ड्रोन विमान प्रयोगबाट विद्युतीय चार्ज गर्दै कृत्रिम वर्षा गराउँदै छन् । मरुभूमिले भरिएको मुलुकभरि यसरी मौसमलाई काबुमा राख्न जबर्जस्ती वर्षा गराउने काम भएको हो ।

जलवायु तथा मौसम विभागका अधिकारीहरूले यसै साता रास अल खाइमाहलगायत अन्य थुप्रै क्षेत्रमा यसरी वर्षा गराइएको भिडियो फुटेजहरू सार्वजनिक गरेका छन् । यसरी कृत्रिम बादल तयार गर्ने नयाँ प्रविधिका कारण अहिले विश्वभरि सुक्खा खडेरी रोक्न मद्दत पुगिरहेको छ । यसअघिका नुन जलाएर गरिने वर्षालाई लिएर वातावरणविद्हरूले चिन्ता प्रकट गर्ने गरेका थिए । संयुक्त अरब इमिरेट्समा प्रतिवर्ष औसतमा करिब चार इन्च पानी पर्ने गर्दछ । बेलायत स्थित युनिभर्सिटी अफ रिडिङमा गरिएको अनुसन्धानअनुसार वैज्ञानिकहरूले ड्रोन प्रयोग गरी आँधी सिर्जना गर्दछन् र त्यही आँधीले बादलमा विद्युत् प्रहार गर्दा पानी पर्ने गर्दछ । तर, निकै गर्मी स्थानमा स–साना पानीका थोपा जमिनमा झर्नुअघि नै वाष्पीकरण भएर बिलाउने हुनाले शितलताका लागि ठूलो पानीको थोपाको जरुरत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्