१० दिनदेखि हराइरहेकी युवती मृतावस्थामा फेला



न्युज अफ नेपाल, धादिङ ।

गजुरी गाउँपालिका वडा नम्बर ८ किरांचाुककी २० वर्षीया युवती घरबाट हराएको १० दिनपछि शब आइतबार भेटिएको छ।

साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोक्काको घरमाथी १ सय ५० मिटर टाढा कुकुरपानी जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ।

घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । छिमेकी हरु र प्रहरीलेखोजी गर्दासमेत नभेटिएकी युवतीको सडेकोअवस्थामा शब भेटिएको थियो। घटना केकसरी भएकोहोछानविन गरिसत्यतथ्य बाहिरल्याउन छिमेकीहरुले प्रहरीसंग आग्रह गरेका छन् । प्रहरीले अनुसन्धान गर्ने र तथ्य पत्रा लगाउने बताएको छ। शबको पोष्टमार्टमका लागि प्राथमिकस्वास्थ्य केन्द्रगजुरीमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्