नवोदयमा डान्सिङ स्टार



हेटौंडा, (नेस)।

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा भर्चुअल प्रविधिबाट सम्पन्न नवोदय डान्सिङ स्टार प्रतियोगिताको फाइनल राउन्डमा अश्मि घिमिरे, अपेक्षा बिडारी, समीक्षा उप्रेती र दर्शना सापकोटा उत्कृष्ट भएका छन्।

४४ विद्यार्थीबाट उत्कृष्ट २०, १० र ६ हुँदै नवोदय डान्सिङ स्टार छनोट गरिएको हो। भौतिकरूपमा विद्यालय सञ्चालन भएपछि विजयीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ। प्रतियोगितामा राष्ट्रिय नृत्य निर्देशक महासंघ केन्द्रीय सदस्य सुरेन देशार, नवोदय विद्यालयका नृत्य शिक्षक राई र विष्णुसेन ठकुरी निर्णायक रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि विद्यालयका निर्देशक दीपेश जोशीले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने भएकाले प्रतियोगितालाई निरन्तरता दिइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्