काठमाडौंमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, ७६१५ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा ७ हजार ६१५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५ हजार ६१५, भक्तपुरमा ९१० र ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यस अवधिमा २०५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४।६ प्रतिशत छ भने मृत्यु हुनेको दर १।५ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्