माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, भीम रावल पनि सहभागी



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बुद्धनगरमा बैठक अहिले चलिरहेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेपछि बैठक बोलाइएको हो ।

यस्तै बैठकमा नेता नेपालसँग असन्तुष्ट देखिएका उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् । गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता नेपालसित कुरा नमिलेपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए। त्यसपछि एमालेका दुबै समूहले गर्ने गतिविधिमा रावल जान छोडेका थिए।

प्रतिक्रिया दिनुहोस्