उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमण लकडाउन खुकुलो गरेसँगै बढेको आकलन निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आईतबार रातीबाटै सकिनेभएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

नेपालमा कोरोना संक्रमण बृद्धि हुनाको प्रमुख कारण आम नागरिकले स्वास्थ्य मापदण्डको पालना नगर्नु र नागरिकमा जनचेतना तथा डर त्रास कम हुनु नै रहेको स्वास्थ्यकर्मीहरुको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्