राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जानकारी गराएका छन् । पछिल्ला तीन हप्तामा नेम्वाङ्गले अनावश्यक नाटक गरेर आफूलाई तनाव दिइरहेको जनाउँदै अल्मुताइरीले लेखेका छन्‚ ‘आशा गर्दछु कि अब तपाईं खुसी महसुस गरिरहनुभएको होला पंकज नेम्वाङ।’

प्रतिक्रिया दिनुहोस्