काठमाडौंमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन् । यस्तै ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्