महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिबेशन निर्धारीत समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताउनुभएको छ । आज भक्तपुरमा कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औं महाधिवेशनको मिति सार्न नहुने बताउनुभयो ।

अहिले पार्टीको अर्जुनदृष्टि महाधिवेशन हुनुपर्नेमा जोड दिंदै उहाँले पार्टीकै अस्तित्वको जोखिम मोल्न नहुने बताउनुभयो ।बिधानले अप्ठ्यारो नपुर्याउने कुरालाई बिस्तारै मिलाएर पनि जान सकिने बताउँदै प्रतिनिधि चयन मार्फत केन्द्रीय र प्रदेश समितिको निर्वाचन गनुृपर्ने अबस्था आएको उल्लेख गर्नुभयो ।

पार्टीको बैधानिकता बचाउनुपर्नेमा जोड दिंदै उहाँले छिट्टै क्रियाशील सदस्यको टुंगो लगाएर सिंगो पार्टीपंक्ति महाधिबेशनमा होमिनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नेपाली काँग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म निर्धारित मितिमै हुनुपर्छ, यताउता हुनु हँदैन, यदि महाधिवेशन भएन भए पार्टीको दर्ता खारेज हुन सक्छ, रिक्स मोल्न हामी तयार छैनौँ ।”पार्टीलाई बैधानिकताबाट बचाउन र दर्ता नै खारेजी हुनबाट जोगाउन प्रतिनिधीमूलक ढंगले भएपनि महाधिवेशन गर्नुपर्नेे बताउनुभयो ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा निर्धारीत तालिका अनुसार महाधिबेशन हुन कठिन रहेको बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवा र नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुन्छ भने पनि आफूलाई भने आशंका लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको क्रियासिल सदस्यको विवाद अहिलेसम्म नमिलेको अबस्थामा निर्धारित मितिमै महाधिवेशन हुन्छ भन्ने विश्वास कसरी गर्ने, तितो सत्यनै हुन्छ, निर्धारित समयमै महाधिवेशन हुन्छ भन्नेमा शंकानै छ ।”

कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोईराला,नेताहरु शेखर कोईराला, अर्जुन नरसिंह केसी,डा.मिनेन्द्र रिजाल,चन्द्र भण्डारी,बलबहादुर केसी लगायतले नेता गुरुराज घिमिरेलाई बीपीको जस्तै दुबै क्षेत्रमा सफलता मिलोस् भने शुभकामना ब्यक्त गर्नुभयो ।

पूर्व मुख्य सचिव डा. विमल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, ज्ञानु अधिकारीले पुस्तकको समिक्षा गर्नुभयो । लेखक घिमिरेले विगत १० वर्षको अबधीमा आफूले ६ वटा कृति लेखेको बताउर्दै देशमा कालासर्पहरु सल्बलाई रहेकाले तिनको समाप्त गर्न सके मात्रै मुृलुक बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्