कोरोनाविरुद्धको ‘जोनसोन खोप’ लगाएका एक वृद्धको मृत्यु



सीताराम अधिकारी, धादिङ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का एक वृद्धको कोरोना विरुद्धको जोनसोन खोप लगाएको ४९ मिनेटमा एक वृद्धको मृत्यु भएको छ ।

सुगरको औषधीसेवन गरिरहेका नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजार ७८ वर्षिय पधेराघरे भन्ने नरबहादुर श्रेष्ठको खोप लगाएपछि हिडेरघरपुगेपछि मृत्युभएको मृतकका कान् नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजार ७८ वर्षिय पधेराघरे भन्ने नरबहादुर श्रेष्ठछा छोरा मरिचमानश्रेष्ठले बताउनुभयो।

हिडेर खोप केन्द्र गएका नरबहादुरले बिहान ११ः३१ मा खोप लगाएका थिए । खोप लगाएर घर आइपुगेर बेहोस हुँदा १२ः२० भएको थियो ।

बेहोस भएका नरबहादुरलाई तत्काल नजिकै रहेको सुनौलाबजार स्वास्थ्य चौकीमा लगिएको उपचार सम्भव नभएपछि मृत्यु भएको घोषणा गरिएको थियो ।

नियमित सुगरको औषधी सेवन गरिरहने नरबहादुर अन्य केहीरोग नभएकोले खोपकै कारण मृत्यु भएकोलेअनुसन्धान गरिखोप कार्यक्रम खोपकोरिजल्ट नआउँदासम्म स्थगित गर्नुपर्ने धादिङ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भएकोछ ।

घटना भएकोले मृत्यु बारेअनुसन्धान सुरु गरिएको धादिङ स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनार्दन सिलवालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्