अपमान सहेर बसिन्न: नेपाल



काठमाडौं, (नेस)  ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर बस्न नसकिने बताउनुभएको छ । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कसैलाई पनि आफूले बनाएको घर छाडेर हिँड्ने मन नहुने तर अपमान सहेर कोही पनि बस्न नसक्ने बताउनुभएको हो ।

उहाँले अरुको अपमान गर्नेले समाज र राष्ट्रको पनि अपमान गर्ने बताउँदै नेपालले गलत प्रवृत्तिलाई निरुसाहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरन्डामा उफ्रिने नाटक मञ्चन गरिरहेको छ ।’

आफूविरुद्ध पार्टीभित्रैबाट भइरहेको प्रदर्शन र आलोचनालाई उहाँले नाटकको संज्ञा दिँदै यस्तो काम गर्नेहरू अपराधी र फटाहा भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले बालकोटस्थिति निवासको बार्दलीबाट गरेको भाषणलाई पनि उहाँले नाटक मञ्चनको संज्ञा दिनुभयो ।
कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको जिकिर गर्दै भन्नुभयो– ‘पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छाै, त्यहीअनुसार अगाडिको बाटो तय गर्छाै ।’हातेमालो गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्