काठमाडौंमा थप ५३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ८५ जना र ललितपुरमा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९६६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १२८८ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्