बगदादामा भएको हमलाको राष्ट्रसंघद्धारा निन्दा



संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सोमबार इराकको राजधानी बगदादामा भएको हमलाको निन्दा गरेको छ ।बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौँ नागरिकको ज्यान गएको थियो ।

राजधानी बगदादामा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो ।त्यस हमलामा परेर अरु करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यहरुले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

त्यसैगरी उक्त हलमामा जिम्मेवार व्यक्तिहरुलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । सोमबारको सो हिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्