सुदिताको मिठा मिठा पलहरू



चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो गीत रिलिज भएको छ।

मिठा मिठा बोलको सुदिताको गीतमा उनकै शब्द तथा संगीत रहेको छ। गीतलाई गायक तथा संगीतकार देवेश राईले एरेन्ज गरेका छन्। गीतको म्युजिक भिडियो विशाल चौतारी टिभीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायिका राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो। बिछोडको पीडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोमा गायिका सुदिता फिचर्ड छिन्। म्युजिक भिडियोलाई विशाल राईले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन पनि उनकै रहेको छ। गायिका सुदिता द भ्वाइसपछि पछिल्लो समय गीत रेकर्डिङमा व्यस्त छिन्। गायक राजेश पायल राईसँगको उनको गीत पनि अहिले चर्चामा छ।

प्रतिक्रिया दिनुहोस्