एयरपोर्ट गेटको ट्राफिक लाईट उद्‌घाटन



काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईटजडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्राणलीसँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

एसएसपी भट्टराईलेकाठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताए । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।आफूहरुले ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत भएको बताए । सम्बन्धित सरोकारवाला निकाय बाहेक विभिन्न संघ संस्था, बैंक वित्तिय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेको बताए ।

यसको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तराष्ट्रिय विमानस्थलको मुलगेटमा लाईट जडान गरि संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट जडान गर्न हातेमालो गर्ने योजना रहेको एसएसपी भट्टराईले बताए ।कार्यक्रममा बोल्दै एयरलाईन्सकातर्फबाट प्रशासन निर्देशकअञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे ।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखालेखेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे।उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानियनिकायका सदस्यर अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्