एमाले बैठक आज पनि बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बिहिबार अपरान्ह ३ बजे बैठक बस्दैछ।आजको बैठकले स्प्रष्टीकरण सोधिएका २२ सांसदले जवाफ दिए त्यसको अध्ययन गरेर थप कदम चाल्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 नेकपा एमालेको वैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

संविधानको धारा ७६-५ को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले गठबन्धनमा लागेको लगायतका कारण देखाएर पार्टी सदस्यबाट हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्