बर्डफ्लुका कारण बालकको मृत्यु



भगवती तिमल्सिना, काठमाडौ (नेस) ।
भारतमा बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु भएको छ । बर्डफ्लु भाइरसका कारण भारतमा यस वर्ष पहिलो व्यक्तिको मृत्यु भएको हो ।

बर्डफ्लु, एभियन इन्फ्लुन्जा कुखुराहरुमा लाग्ने रोग भएपनि बर्डफ्लु संक्रमित कुखुराको मासु काँचै वा राम्रोसँग नपाकी खाँदा मानिसमा पनि बर्डफ्लु हुने र ज्यानै समेत जान सक्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।हाल सम्म बर्डफ्लु मानिसबाट मानिसमा सरेको भने नपाईएको स्वास्थ्यकर्मीहरुको दाबी छ । यो भाइरसबाट ग्रसित चरा तथा कुखुराहरुको सम्पर्कमा रहेका मानिसलाई सर्न सक्छ ।

जुलाई २ मा डिल्लीको अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा भर्ना गरिएका बालकको जुलाई १२ मा मृत्यु भएको न्यूज एजेन्सीहरुले जनाएका छन् । बर्डफ्लु प्रमाणित भएका बालकमा लुकिमिया र निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।बालकमा सिगान बगिरहने, घाँटी सुन्निने र हाँच्छयु आउने लक्षणहरु देखिएपछि स्वाब नमुना संकलन गरि पुने स्थित नेश्नल इन्सिच्युट अफ भाइरोलोजीमा पठाई परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण नेगेटिभ आएको र बर्डफ्लु पुष्टि भएको न्यूज एजेन्सीहरुले जनाएका छन् ।

जनवरीमा भारतको १४ वटा प्रदेशमा बर्डफ्लु देखिएको थियो र खाद्य विभागले बर्डफ्लु लाग्दा आधा पाकेको वा राम्ररी नपाकेका कुखुराका मासुहरु नखान सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस्