कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने (परीक्षा तालिकासहित)



न्युज अफ नेपाल, काठमाडौं ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डले जनाएको छ । यस्तै विद्यार्थीले सम्बन्धित विद्यालयबाटै दिन पाउने भएका छन् ।

परीक्षाको समययमा पर्ने गाइजात्रा र जनैपूर्णिमामा विदा दिएर शनिबार समेत परीक्षा लिइने बोर्डले बताएको छ ।

यसअघि कोराना महामारीका कारण गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षाका लागि यसपटक ३ लाख ८६ हजार विद्यार्थीले फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्