सिन्धुलीमा जबरजस्ती करणी गरेको र गर्न खोज्ने अभियोगमा दुई जना पक्राउ



बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीमा जवरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध र जवरजस्ती करणी गर्न खोजेको अभियोगमा अर्का एक गरी दुई जना पक्राउ परेका छन् । प्रहरीले एक १६ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा मरिण गाउपालिका –७ जयमंगलका ३१ बर्षिया पुष्कर भनिने दिपेन्द्र विकलाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले गत साउन २ गते आफ्नै घरमा लुकीछिपी बसेरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेका विक विरुद्ध जिल्ला अदालत सिन्धुलीमा जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

गएको शनिवार विहान दिपेन्द्रले नाताले साली पर्ने बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दिपेन्द्रले किशोरीलाई घर पुर्याइ दिन्छु भन्दै मोटरसाईकलमा चढाएको तर घर जाने बाटो तर्फ नगई अर्कै बाटोबाट जंगल नजिक खोल्सामा लगि जबरजस्ती करणी गर्न खोजेको पिडित पक्षको आरोप छ ।

त्यस्तै सुस्त मनस्थिती भएकी अपांङ्ग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउपालिकाका एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ७० बर्षिया वृद्धलाई गत साउन ४ गते आफ्नै घरमा लुकीछिपी बसेरहेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो । १४ बर्षिया बालिका दाया हात नचल्ने अपाङ्ग तथा सुस्त मनस्थितीको रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्